मंगलबार, वैशाख १८, २०८१

पिंकी पिरनी, जसको इशारामा चल्छन् इमरान

नेपालखोज २०७८ कार्तिक २ गते १८:०१

काठमाडौं । पाकिस्तानमा अहिले प्रधानमन्त्री र सेना प्रमुखबीच टकराव चलिरहेको छ । पाकिस्तानको शक्तिशाली गुप्तचर संस्था आईएसआईको प्रमुख नियुक्त गर्ने विषयमा भएको मतभेद पाकिस्तानी राजनीतिमा देखिएको बाहिरी पाटो मात्र हो ।

वास्तवमा पाकिस्तानको राजनीतिमा धेरै कुरा गडबडाएको छ । प्रधानमन्त्री इमरान खानका बयान र फैसला देखेर-सुनेर विपक्षी मात्र होइन स्वयं सत्ता पक्षदेखि लिएर पाकिस्तानी सेनासम्म दिक्क छ । आईएसआई प्रमुखका रुपमा नदिम अंजुमको नियुक्तिलाई लिएर प्रधानमन्त्री इमरान खानले सेना प्रमुखसँग किन जोरी खोजे भने पिंकी पिरनीले उनलाई आईएसआईका पुरानै चिफ जनरल फैज हमिदलाई उक्त पदमा निरन्तरता दिन भनेकी थिइन । त्यसो भए को हुन त यी पिंकी पिरनी ?

पिंकी पीरनी वास्तवमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानकी तेस्री तथा वर्तमान श्रीमती बुशरा बेगम हुन् । उनलाई पाकिस्तानमा पिंकी पिरनी नामले नै चिनिन्छ । पाकिस्तानको सत्ता राजनीतिमा के पनि चर्चा छ, भने बुसराबिना प्रधानमन्त्री इमरान खानको पात पनि हल्लिँदैन अर्थात प्रधानमन्त्री खान आफ्नी बेगम बुसरासँग नसोधी कुनै पनि निर्णय गर्दैनन् ।

बुसरा मानेकालाई इमरान खान कि आध्यात्मिक गुरू पनि भनिन्छ । फेब्रुअरी २०१८ मा इमरान खानले बुसरा मानेकासँग तेस्रो विवाह गरेका थिए । बुसरा पाकपट्टनस्थित बाबा फरिदगन्ज सकरकी एक चिर परिचित पीर हुन् । त्यसैले उनलाइ पिंकी बीबी वा पिंकी जादूगरनी नामले पनि चिनिन्छ ।

भनिन्छ, बेगम बुसरा टुनामुना र अन्धविश्वासलाई बढी नै पछ्याउँछिन् । प्रधानमन्त्री इमरान खानमा त्यसको असर स्पष्ट देखिन्छ । दाबी त के पनि गरिन्छ भने बुसराको अनुहार ऐना (सिसा) मा देखिँदैन । भन्नेहरु के पनि भन्छन् भने- बेगम बुसरा टुनामुना, तन्त्र- मन्त्र विद्यामा पारंगत छिन् र उनीसँग रूहानी तथा करामती तागत छ ।

मानिसहरु के सम्म भन्छन् भने, बुसरासँग दुईवटा जिन्न छन् जसको प्रयोग उनी अलग-अलग कामका लागि गर्छिन् । सत्य जेसुकै होस्, एउटा कुरा के पक्का छ भने अहिले इमरान खानको मन-मस्तिष्कमा बुसरा बेगमको कब्जा छ ।

इमरान खान र बुसराको पहिलो भेटघाट सन् २०१५ मा भएको थियो । त्यतिबेला इमरान खान आफ्नो कुनै उम्मेद्‌वारको चुनावी जितका सम्बन्धमा जिज्ञासा लिएर बुसरा कहाँ पुगेका थिए । उक्त भेटमा बुसराले निर्वाचनमा इमरानको उम्मेद्‌वारले होइन कि पीटीआईको उम्मेद्‌वारले जित्ने कुरा बताएकी थिइन् । हुन पनि निर्वाचन परिणाम उनको भविष्यवाणी मुताबिक नै आयो । त्यसपछि इमरान खान लगातार बुसरा मानेका कहाँ लगातार जान थाले ।

पाकिस्तानी मिडियाहरुका अनुसार बुसरा मानेकाले नै इमरान खानलाई यदि प्रधानमन्त्री बन्नु छ भने तेस्रो विवाह गर्न जरुरी छ भनेर सल्लाह दिएकी थिइन् । यद्यपि, त्यतिबेला कसैले के अनुमान लगाउन सकेनन् भने इमरानले तिनै बुसरासँग नै तेस्रो विवाह गर्नेछन् । चालीस वर्षीया बुसरा वट्टू कबिलाबाट आएकी हुन् । उनको पहिलो विवाह फरिद मनेकासँग भएको थियो, जो इस्लामाबादमा सिनियर कस्टम अफिसर थिए । बुसरा केही वर्ष पहिले नै उनीसँग अलग भइसकेकी थिइन् । बुसरा मूल रूपले दक्षिणी पन्जाबकी हुन् । पाकिस्तानमा पनि पन्जाब प्रान्त छ ।

बुसराका पाँच सन्तान छन् जसमा दुई छोरा र तीन छोरी छन् । बुसराका दुवै छोरा इब्राहिम र मुसा लाहौर कलेजबाट स्नातकसम्मको अध्ययन पूरा गरी हाल विदेशमा थप अध्ययन गरिरहेका छन् । बुसराकी जेठी छोरी मेहरू पंजाबका एमपी मियान अट्टा मोहम्मदकी बुहारी हुन् ।
तस्बिरहरु : एपी

प्रतिक्रिया