शनिबार, वैशाख १३, २०८२

सिरियामा हवाई आक्रमणमा नौ जना सर्वसाधारणको मृत्यु

नेपालखोज २०७६ माघ २३ गते ८:२४

एजेन्सी । सिरियाको इदलिब प्रान्तमा रुसी सेनाले गरेको हवाई कारबाहीमा परी नौ जना सर्वसाधारणको मृत्यु भएको छ । विद्रोही लक्षित सो कारबाही परी कम्तीमा नौ जना सर्वसाधारण मारिएको जनाइएको हो । मारिएका सर्वसाधारणमा केही बालबालिका पनि परेका मानवअधिकारवादी संघसंस्थाले जानकारी दिएका छन् ।

सिरियन अब्जरभेटरी अफ हयुम्यान राइटसले इदलिब प्रान्तमा केही समय यतादेखि हिंसात्मक हमला नभएकोमा सोमबार यस प्रकारको हमला भएको पाइएको जनाएको छ ।

अधिकारीले यस हवाई आक्रमण रुसआवद्ध रहेको सेनाले गरेको हुनसक्ने अनुमान गरिएको पनि प्राप्त समाचारमा जनाइएको छ । सिरियाली सरकारको सहयोगमा रुसमा विद्रोहीलाई लक्षित गरी रुसी सेनाले विभिन्न प्रान्तमा गर्दै आएको हवाई आक्रमणमा बारम्बार सर्वसाधारणको मृत्यु भएको पाइन्छ ।

प्रतिक्रिया