मोडर्ना र जोनसन एन्ड जोनसनको ‘मिक्स एन्ड म्याच’ खाेपले पायो मान्यता

वसिंटन । अमेरिकाको खाद्य एवं औषधि प्रशासन (यूएस एफडीए) ले कोरोनाविरुद्धको बुस्टर डोजका लागि मोडर्ना र जोनसन एन्ड जोनसनको खाेपसहित अमेरिकाका तीनवटै खाेपको ‘मिक्स एन्ड म्याच’ खोपलाई स्वीकृति प्रदान गरेको छ ।
यूएस एफडीएको यो निर्णयपछि कोरोनाविरुद्धको खाेपको कमी मात्र पूरा हुने छैन डाक्टरहरुका सामु खाेपको विकल्पसमेत उपलब्ध हुनेछ । अमेरिकी सरकारले विशेषज्ञहरुको एक समितिलाई कोरोनाविरुद्धको खाेपको ‘मिक्स एन्ड म्याच’ मा अध्ययन गर्न अनुमति दिएको थियो । भनिन्छ- ‘यो अध्ययनको परिणाम केही आश्चर्यमा पार्ने खालको पनि छ ।’
विशेषज्ञहरुका अनुसार मिक्स एन्ड म्याचको अध्ययनका क्रममा केही मानिसहरुलाई मोडर्नाको खाेप लगाइएको थियो जसले पहिले सिगंल डोजको जोनसन एन्ड जोनसनको खाेप लगाएका थिए ।
बुस्टर डोज दिएपछि १५ दिनभित्रै ती मानिसहरुको शरीरमा एन्टिबडीको स्तर ७६ गुणासम्म बढेको पाइयो, जबकि जोनसन एन्ड जोनसनको बुस्टर डोज लिनेमा चारगुणा मात्र एन्टिबडी बढेको थियो ।
यता विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को भनाइ के छ भने मिक्स एन्ड म्याच खाेपको परिणाम आशाजनक देखिए पनि यसलाई व्यापक स्तरमा लागु गर्नुअघि यसको प्रभावकारिताको जांँचका लागि बृहत् स्तरको अध्ययन आवश्यक छ ।
प्रतिक्रिया