मंगलबार, वैशाख १८, २०८१

भीम रावलले दिए १० बुँदे कार्यान्वयन कार्यदलबाट राजिनामा

नेपालखोज २०७८ कार्तिक ५ गते २०:२७

काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि भएको १० बुँदे सम्झौता कार्यान्वयनका लागि बनेको कार्यदलका संयोजक भीम रावलले राजीनामा दिएका छन् ।

तत्कालीन माधव समूह र ओली समूहबीच १० बुँदे सहमति भएको थियो । सो सहमति भए पनि माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) बनाउँदै एमाले विभाजन गराएका छन् । तर, उनलाई साथ दिँदै आएका भीम रावलहरु भने एमालेमै बसेका थिए ।

रावलले १० बुँदे अक्षरंश कार्यान्वयन हुनुपर्ने बताउँदै आएका थिए । अध्यक्ष केपी शर्मा ओलीले रावलकै संयोजकत्वमा कार्यदल बनाएका थिए । तर, रावलकै हकमा १० बुँदे कार्यान्वयन नभएपछि रावल असन्तुष्ट थिए । शुक्रवार ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि नेता रावलले कार्यदलको सदस्यसमेत नरहने गरी राजीनामा दिने घोषणा गरेका थिए ।

उनले भने, ‘कार्यदलमाथि नै प्रश्न उठने गरी कुराकानी भएकाले मैले कार्यदलको संयोजक र त्यसको सदस्यसमेत नरहने गरी राजनामा दिने त्यहीँ घोषणा गरेको छु । र, म यो राजिनाका सम्बन्धमा मैले बैठकमा के पनि भनेको छु भने म व्यवस्थित रुपमा भोलि राजिनामा पठाउछु भनेर जानकारी पनि गराएको छु । त्यसको साथसाथै जुन हाम्रो १० बुँदे सहमती थियो, अपानी १२ थियो । त्यो अपानी १२ ले १० प्रतिशत केन्द्रिय सदस्यहरुको मनोनयन गर्ने र तत्सम्बन्धमा कार्य दलले गृहकार्य गर्ने भनेर निर्णय गरेको थियो र त्यो पार्टी व्यापी रुपमा जुन निर्देशन जारी गरेको थियो । त्यतातर्फ कुनै ध्यान नदिने तर उहाँले २ जना केन्द्रिय सदस्य मनोनयन गर्ने प्रभु साहजीको समस्या समाधान गर्ने भन्ने कुरा ल्याउनु भएकाले त्यसप्रति पनि मेरा विमति छ । पार्टीको अपानी पद्धति, प्रक्रिया र निर्णय विपरित भएकाले आफूले फरक मत राखेका हुँ ।’

प्रतिक्रिया