सन्राइज क्यापिटलले ४० प्रतिशत नगद लाभांश दिने

काठमाडौं । सन्राइज क्यापिटल लिमिटेडको ११औं वार्षिक साधारण सभा कम्पनीको कार्यालय स्थित कमलपोखरी, काठमाडौंंमा आज शुुक्रबार सम्पन्न भएको छ ।
उक्त वार्षिक साधारण सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।
साथै उक्त सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ४० प्रतिशत (कर सहित)का दरले हुन आउने आठ करोड रुपैयाँ नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
नेपालको प्रथम मर्चेन्ट बैंककारुपमा स्थापना भएको यस कम्पनीले हाल सेयर रजिष्ट्रार, सेयर अन्डरराइटिङ्ग, म्युचुअल फन्ड व्यवस्थापन, लगानी व्यवस्थापन तथा कर्पोरेट एडभाईजरीको कार्यसमेत सकृय रुपमा संचालन गर्दै आम लगानीकर्ताहरुलाई सु्दृढ तथा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
साथै क्यापिटलले हाल सन्राइज म्युचुअल फन्ड अन्तर्गत सन्राईज फस्र्ट म्युुचुअल फन्ड तथा सन्राइज ब्लुचिप फन्ड योजनाहरु संचालन गर्दै आइरहेकोे छ ।
सन्राइज फस्ट म्युुचुअल फन्ड योजनाले आ.व. २०७७/०७८ को मुनाफाबाट इकाईधनीहरुलाई ५० प्रतिशत (करसहित) प्रतिफल वितरण गरिसकेको छ ।
साथै निकट भविष्यमा यस कम्पनीले सन्राइज फोकस्ड इक्विटि फण्ड नामको तेस्रो सामूहिक लगानी कोष योजना संचालन गर्ने प्रक्रियामा रहेको छ ।
संस्थाले आगामि वर्षहरुमा मर्चेन्ट बैकिङ सम्बन्धी सम्पूर्ण सेवाहरु सर्वसुलभ तथा गुणस्तरिय ढंगले प्रदान गर्ने मुख्य उद्देश्यलाई रणनितिकरुपमा अगाडि बढाउंदै लगिने जनाएको छ ।
प्रतिक्रिया