सोमबार, वैशाख १५, २०८२

कृषि विकास बैंककाे पहिलो त्रैमासिककाे खुद मुनाफा ४८ करोड ५३ लाख

नेपालखोज २०७८ कार्तिक १४ गते १२:४७


काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ४८ करोड ५३ लाख ७८ हजार दुई सय चार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंंकको यस्तो नाफा ४६ करोड १४ लाख ६९ हजार तीन सय ९६ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १६ अर्ब ४२ करोड २६ लाख ४१ हजार आठ सय दुई रुपैयाँ रहेको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक खर्ब ५३ अर्ब २२ करोड पाँच लाख ७५ हजार चार सय एक रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ६५ अर्ब पाँच करोड ६७ लाख ५४ हजार छ सय ६० रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा एक अर्ब ७३ करोड २१ लाख ७३ हजार पाँच सय ६५ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंंकको दुई दशमलव आठ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ३६ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने दुई करोड ४५ लाख ३२ हजार छ सय ७५ रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा भने बैंंकले एक खर्ब ६२ अर्ब ६७ करोड ७२ लाख ६९ हजार नौ सय ३६ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५२ अर्ब ८६ करोड २५ लाख चार हजार नौ सय ४७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा एक अर्ब ३६ करोड सात लाख ३५ हजार छ सय ६५ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंंकमा दुई दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ३९ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया