आजको मौसम : प्रदेश १, गण्डकी र कर्णालीमा वर्षाको सम्भावना
नेपालखोज
२०७८ कार्तिक १५ गते ६:१८

काठमाडौं । आज देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहने छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको संभावना छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानहमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राती देशको पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा सामान्यतया सफा रहने छ । प्रदेश १, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षाको संभावना छ ।
सम्बन्धित
प्रतिक्रिया