सोमबार, वैशाख १५, २०८२

गरिमा स्मार्टबाट आईबीएफटी गर्दा हरेक दिन पाँच सय रुपैयाँ !

नेपालखोज २०७८ कार्तिक १५ गते १२:५६

काठमाडौं । गरिमा विकास बैंकले आउँदै गरेको तिहारलाई लक्षित गरि डिजिटल बैकिङलाई प्रोत्साहन गर्न ‘ट्रान्सफरमा छ फाइदा ट्रिपल’ नामक अभियान लिएर आएको छ ।

फोन पे ले लेराएको आईबीएफटी केन्द्रित ‘झट्ट ट्रान्सफर चट्ट कार २.०’ सँग प्रेरित रहि डिजिटल बैकिङलाई प्रोत्साहन तथा प्रबद्र्धन गर्न गरिमा विकास बैंकले यो अभियान लिएर आएको हो ।

यस अभियानमा हरेक दिन गरिमा स्मार्टबाट आईबीएफटी मार्फत पैसा पठाउने १ भाग्यशाली सेवाग्राहीले दैनिक पाँच सय रुपैयाँ जित्न सक्नेछन् ।

कात्तिक १५ देखि पौष १६ गते सम्मचल्ने यस अभियानका साप्ताहिक विजेताको घोषणा हरेक आइतबार बेलुका गरिमा विकास बैंकको सबै सामाजिक संजालबाट गरिने बैकले जानकारी दिएको छ ।

प्रतिक्रिया