सोमबार, वैशाख १५, २०८२

नेपाल राष्ट्र बैंकले बैकिङ प्रणालीमा २२ करोड ५९ लाख संस्थागत निक्षेप राख्ने

नेपालखोज २०७८ कार्तिक १५ गते १७:३८

काठमाडौं । नेपाल राष्ट्र बैकले बैंकिङ प्रणालीमा २२ करोड ५९ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार तीन सय ६६ दिने मुद्दती निक्षेपकोरुपमा २०७८ मंसिर एक गतेदेखि बिसं २०७९ मंसिर एक गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको हो ।

यसरी मुद्दती निक्षेपकोरुपम राखिने कुल रकम मध्येमा वाणिज्य बैकहरुको लागि १८ करोड नौ लाख, विकास बैंकहरुको लागि तीन करोड ३८ लाख र फाइनान्स कम्पनीहरुको लागि एक करोड १२ लाख रुपैयाँ छुट्याइएको छ ।

राष्ट्र बैकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाइनान्स कम्पनीहरुले यही कात्र्तिक २२ गते अपरान्ह दुई बजेसम्म नेपाल राष्ट्र बैंकमा आफुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने छ ।

राष्ट्र बैकका अनुसार भने रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।

प्रतिक्रिया