मंगलबार, असार १०, २०८२

मूल्य समायाेजनपछि पनि चुलिँदै निगमकाे घाटा

नेपालखोज २०७८ कार्तिक १५ गते २०:४६

काठमाडाैं । अन्तर्राष्ट्रिय बजारमा लगातार रूपमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ ।

शुक्रबार मूल्य वृद्धि गर्दा पनि पन्ध्र दिनमा एक अर्ब ८७ करोड घाटा रहेको निमगले जनाएकाे छ । निगम प्रवक्ता विनितमणि उपाध्याय भन्छन्, ‘घाटा यति धेरै भयो कि अबको केही समयमात्र निगमले मुस्किलले सञ्चित रकमबाट पैसा थप गरी तेल मगाउन सक्छ तर, त्यो लामो समय रहँदैन ।’

आज प्राप्त नयाँ मूल्य सूचीअनुसार अब निगमको १५ दिनको घाटा तीन अर्ब २ करोड पुग्ने जनाइएको छ । नेपाल आयल निगमले गरेको विज्ञप्ति जारी गर्दै भनेकाे छ, ‘अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप आज १ नोभेम्बर २०२१ मा निगमलाई प्राप्त नयाँ मूल्य सूचीअनुसार पछिल्लो मूल्यको तुलनामा औषत प्रतिलिटर पेट्रोलमा ७ रुपैयाँ ४२ पैसा, डिजेलमा ३ रुपैयाँ ९२ पैसा, मट्टीतेलमा ११ रुपैयाँ ४९ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ ११ पैसा र एलपी ग्यासमा प्रति सिलिन्ड २४६ रुपैयाँ ९७ पैसाले बढेर आएको छ । यसअनुसार निगमलाई प्रतिलिटर पेट्रोलमा २० रुपैयाँ ४ पैसा, डिजेलमा १५ रुपैयाँ ६२ पैसा, हवाई इन्धन (आन्तरिकतर्फ) मा १ पैसा तथा एलपी ग्याँसमा प्रति सिलिन्ड ७२१ रुपैयाँ ६९ पैसा घाटा छ भने मट्टीतेलमा १३ रुपैयाँ ५ पैसा र हवाई इन्धन (अन्तर्राष्ट्रिय)मा प्रतिलिटर १४ रुपैयाँ ६२ पैसा नाफा भई समग्रमा निगमलाई १५ दिनमा करिब तीन अर्ब दुई करोड घाटा हुँदा मासिक घाटा ६ अर्ब ४ करोड घाटा हुने देखिन्छ ।’

No description available.

प्रतिक्रिया