सानिमा बैंकको पहिलो त्रैमासिक नाफा ५६ करोड ७८ लाख

काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ५६ करोड ७८ लाख ६० हजार चार सय ६८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ३७ करोड ३२ लाख ५५ हजार तीन सय ८० रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । हाल चुक्ता पुँजी नौ अर्ब ६८ करोड १५ लाख १९ हजार ८२ रुपैयाँ रहेको बैंकले चालु आवको पहिलो त्रैमासमा एक खर्ब ४० अर्ब ५९ करोड ७९ लाख ६६ हजार आठ सय २० रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २७ अर्ब ८६ करोड ६३ लाख ४९ हजार रुपैैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा एक अर्ब १६ करोड छ लाख ७३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ११ प्रतिसत कर्जा निष्क्रिय रहेको छ ।
सो अवधिमा दुई दशमलव ६९ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा एक अर्ब ९६ करोड ४२ लाख ७३ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब २८ अर्ब ४२ करोड ५८ लाख ६७ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १९ अर्ब सात करोड १४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा ९७ करोड ६६ लाख ३७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ४० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ६१ प्रतिशत रहेको थियो ।
प्रतिक्रिया