राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा सल्यानमा
नेपालखोज
२०७८ कार्तिक १६ गते १५:०८

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्णाली प्रदेश सल्यान जिल्लाको शारदा नगरपालिका वडा नम्बर २ स्थित शाखा कार्यालय सल्यानमा शाखा विस्तार गरी आइतबारबाट कारोबार शुभारम्भ गरेको छ ।
यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २५६ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५६ वटा शाखा कार्यालय, २१८ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया