एभरेष्ट बैंक लिमिटेड र दराज क्यामुबीच सम्झौता

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र दराज क्यामुबिच सम्झौता भएको छ । बैकका अनुसार दराजद्वारा आयोजित दराज ११.११ अभियानमा छुट साझेदारीको लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।
सो सम्झौतापत्रमा एभरेष्ट बैंक लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक आसुतोष शर्मा र दराजका प्रबन्ध निर्देशक लिनो अहलरिंङले हस्ताक्षर गरेका थिए । एभरेष्ट बैंकले जारी गरेको भिसा डोमेस्टिक कार्डहरू (डेबिट र क्रेडिट कार्डहरू) बाट भुक्तानी गरेर दराज ११.११ अभियानमा दराज प्लेटफर्मबाट खरिद गर्दा एभरेष्ट बैंकले ग्राहकहरुलाई छुट प्रदान गर्नेछ ।
कार्यक्रम ११ नोवेम्बेर, २०२१ मा लाइभ हुनेछ, जहाँ बैंकले दराज एप र वेब साइटहरुमा एभरेष्ट डेबिट/क्रेडिट कार्डहरु प्रयोग गरि सामान खरिद गर्नेहरुलाई १५ प्रतिशतसम्म छुट प्रदान गर्नेछन् । ग्राहकहरुले क्रेडिट कार्डमा अधिकतम ३५ सय र डेबिट कार्डमा तीन हजार रुपैयाँसम्म छुट पाउन सक्नेछ ।
ई–कमर्समा एक्टीभेट भएको छ, कि छैन भनेर कार्ड होल्डरहरुले सुनिश्चित गर्न आवश्यक छ, जुन एभरेष्ट बैंक लिमिटेडको नजिकको कुनै पनि शाखाहरूमा वा बैंकको मोबाइल बैकिङ्गमार्फत आवेदन गर्न सकिन्छ ।
प्रतिक्रिया