बिद्यार्थीले दिए स्वदेश फिर्तीका लागि अन्तर्राष्ट्रिय समुदाय गुहार्ने चेतावनी
२५ माघ, काठमाडौँ । कोरोना भाइरस सन्त्रासले विश्वविद्यालयको होस्टेलमा बस्न बाध्य नेपाली विद्यार्थीले स्वदेश फिर्तीका लागि अन्तर्राष्ट्रिय समुदाय गुहार्ने चेतावनी दिएका छन् ।
नेपाल सरकारले स्वदेश फर्काउन आलटाल गरेपछि चीनको वुहान सहरमा रहेका विद्यार्थी छटपटिएका हुन् । उनीहरूले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई सम्बोधन गर्दै दुई दिनभित्र स्वदेश फिर्ताको आग्रह गरेका हुन् ।
नत्र उनिहरुले अन्तर्राष्ट्रिय समुदाय गुहार्न बाध्य हुनेमा ध्यानाकर्षण गराएका छन् । सरकारले आफ्ना नागरिकका सट्टा विदेशी कूटनीतिज्ञका कुरा सुन्दा अचम्मित भएको उनीहरूको भनाइ छ ।
भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स, म्यानमारलगायत मुलुकले आफ्ना नागरिकलाई लगिसकेका छन् । अमेरिका, फ्रान्स, टर्की, साउदी अरेबियाका नागरिक त्यस अघि नै फर्किएका थिए ।
प्रतिक्रिया