घरेलु तथा साना उद्योग महासंघको राष्ट्रिय महाधिवेशन पुसमा

काठमाडौं । आगामी पुस तेस्रो साता नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाधिवेशन हुने भएको छ ।
आगामी पुस २२, २३ र २४ गते २५ औं महाधिवेशन तथा २२ औं महिला उद्यमी सम्मेलन सम्पन्न गर्ने महासंघले जनाएको हो । महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने छ ।
त्यसभन्दा अगाडि आगामी मंसिर १५ गतेसम्म प्रदेश सम्मेलन सम्पन्न गरिसक्ने महासंघले जनाएको छ । महासंघको लुम्बिनी प्रदेशको अधिवेशन कात्तिक २९ गते, बागमती प्रदेशको अधिवेशन मंसिर १ गते र गण्डकी प्रदेशको मंसिर ७ गते आयोजना गर्ने तयारी गरिएको छ ।
महासंघले जिल्ला, नगर तथा पालिकास्तरमा अधिवेशन सम्पन्न गरिसकेको छ । महासंघद्घारा घोषित कार्यक्रम अन्तरगत यही मंसिर २४ गते ढाका उद्यमी व्यवसायीहरुको राष्ट्रिय भेला र ३ दिने ढाका प्रदर्शनी तथा २०७९ बैशाख १५ देखि १९ गतेसम्म १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव आयोजना गर्ने तय गरेको छ ।
प्रतिक्रिया