सोमबार, वैशाख १५, २०८२

ग्लोबल आइएमईका नयाँ शाखा महाराजगञ्ज, नरेफाँट र चण्डोलमा

नेपालखोज २०७८ कार्तिक १७ गते १६:१३


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आज बुधबारदेखि तीनवटा नयाँ शाखा संचालनमा ल्याएको छ । नयाँ शाखाहरु संचालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८६ पुगेको छ

बैंकले काठमाडौं महानगरपालिकाको महाराजगञ्ज, नरेफाँट र चण्डोलमा एकैसाथ तीन नयाँ शाखाहरु संचालनमा ल्याएको हो । नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले देशका ७६ जिल्लामा फैलिएको २८६ शाखा संजाल सहित २५२ एटीएम, ४८ एक्सटेन्सन काउन्टर तथा राजश्व संकलन काउन्टर, २६२ शाखा रहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि\सम्पर्क कार्यालय मार्फत आफ्ना २७ लाख भन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दे आइरहेको छ ।

प्रतिक्रिया