हर्षित छन् पुष्प व्यवसायी (फोटो फिचर)

काठमाडौं । नेपालीहरुको दोस्रो ठुलो चाड तिहार सुरु भइसकेको छ । यतिबेला हरेकका घर झिलिमिली बत्ति र फूलैफूले सजिएका देखिन्छन् । अन्य समय भन्दा तिहारमा फूलको सबैभन्दा बढी उपयोग र महत्व पनि बढी हुन्छ । त्यसैले त यतिबेला पुष्प व्यवसायी दंग छन् । उनिहरुलाई यतिबेला फूल टिप्न भ्याइनभ्याइ छ ।
तिहारलाई भाइबहिनीको चाड भनेर पनि बुझिन्छ । अझ विशेषगरी तिहारमा भाइटीकाको दिन दिदीबहिनीहरुले दाजुभाइलाई फूलको माला लगाउने भएकाले यस दिन बढी प्रयोग हुन्छ । सयपत्री र मखमली तिहारमा बढी प्रयोग हुने फूल हुन् । यी फूलहरू लामो समयसम्म नबिग्रने भएकाले नै तिहारमा यिनको विशेष महत्व हुन्छ ।
भक्तपुरको गुन्डुमा बुधबार तिहारका लागि मखमली फूल टिप्दै गरेका कृषकले गत वर्षभन्दा यस वर्ष फूलको व्यापार राम्रो रहेको बताएका छन् । फूलले राम्रो आम्दानी भएपछि खुसी छन् यतिबेला पुष्प व्यवसायी ।




तस्बिर : रासस








प्रतिक्रिया