भारतको उत्तरी राज्यमा श्वास फर्ने कठिन, हावाको गति कम
नेपालखोज
२०७८ कार्तिक २४ गते ७:२२

काठमाडौं । बढ्दो चिसो र वायु प्रदूषणले भारतको उत्तरी राज्यमा श्वास फेर्न कठिनाइ भएको छ ।
हरेक वर्षको नोभेम्बर र डिसेम्बरमा वायु प्रदूषणका कारण श्वास फेर्न नै कठिन हुने गरेको वातावरणविद्ले बताएका छन् ।
तापक्रम घट्नु, हावाको गति कम हुनु तथा पटका पड्काउने र पराल बाल्ने क्रम बढ्नु जस्ता कारणले यो दुई महिनामा दिल्ली, पञ्जाब, हरियाणा, राजस्थान, उत्तर प्रदेश, बिहार, झारखण्ड र बङ्गालको वायु निकै दूषित हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
विज्ञहरूका अनुसार पटकासँगै भारतका विभिन्न ठाउँमा अन्नबालीका झार तथा पराल पोलेर निस्किने धुवाँले वायु थप प्रदूषित बन्दै गएको छ ।
यस्तै, दीपावलीमा पड्काइने पटाकाका कारण पनि वायु प्रदूषणको मात्रा बढ्ने गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया