पूर्व प्रधानन्यायाधीशलाई ११ वर्ष जेल सजाय
नेपालखोज
२०७८ कार्तिक २४ गते ७:४२

ढाका । बंगलादेशको राजधानी ढाकास्थित विशेष अदालतले ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पूर्व प्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हालाई ११ वर्षको जेल सजाय सुनाएको छ ।
मंगलबार न्यायाधीश शेख नजमुल आलमले उनलाई क्रमशः चार र सात वर्षको सजाय सुनाएको बताइएको छ ।
अदालतले पूर्व प्रधानन्यायाधीश सिन्हा र अन्य सात जनाले नक्कली कागजात प्रयोग गरेर पहिले फार्मर्स ब्याङ्क भनिने हाल पद्मा नाम रहेको ब्याङ्कबाट चार करोड टाका रकम हिनामिना गरेको ठहर गरेको छ । उक्त रकम सिन्हाको बैङ्क खातामा जम्मा गरिएको र अवैध रूपमा विदेश पठाइएको थियो ।
सन् २०१६ मा एसके सिन्हा छुट्टीमा विदेश गएर त्यतैबाट राजीनामा पठाएका थिए । पहिले संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने उनी पछि क्यानडा सरेका बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया