भारतमा ११ हजार नयाँ संक्रमित थपिए
नेपालखोज
२०७८ कार्तिक २४ गते १४:१५

नयाँ दिल्ली । भारतमा थप ११ हजार ४६६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। अघिल्लो दिनको तुलनामा यो संख्या केही बढेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ ।
भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या एक लाख ३९ हजार ६८३ पुगेको पनि अधिकारीहरुले जनाएका छन् ।
यो संख्या २६४ दिनपछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ । कुल संक्रमित मध्ये ९८.२५ प्रतिशत संक्रमणमुक्त भएका छन् । भारतमा गएको जनावरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो ।
सो समयदेखि हालसम्म देशभरी १ अर्ब ६ करोडभन्दा बढी मानिसले कोरोनाभाइरस विरुद्धको खोप लगाइसकेका छन् । रासस\एएनआई
सम्बन्धित
प्रतिक्रिया