आइतबार, जेठ ५, २०८२

चिनियाँ राष्ट्रपति सीलाई ऐतिहासिक हैसियत प्रदान गरिँदै

नेपालखोज २०७८ कार्तिक २६ गते ११:५७

बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टीले राष्ट्रपति सी जिनपिङलाई पार्टीका संस्थापक नेता माओत्से तुङ र तङ स्याओफिङसँग बराबरीको हैसियत प्रदान गर्ने गरी प्रस्ताव पारित गरेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक बैठकको छैटौं पूर्ण सत्रबाट उक्त ऐतिहासिक प्रस्ताव पारित गरिएको हो ।

पार्टी स्थापनापछि तेस्रोपटक यस्तो प्रस्ताव पारित गरिएको हो । पहिलोपटक सन् १९४५ मा माओ र दोस्रोपटक सन् १९८१ मा तङको समयमा यस्तो प्रस्ताव पारित गरिएको थियो ।

आगामी वर्ष हुने नेसनल कंग्रेस बैठकमा राष्ट्रपति सीले ऐतिहासिक रूपमा राष्ट्रपति पदमा तेस्रो कार्यकालको प्रस्ताव राख्ने अपेक्षा पनि गरिएको छ ।

सन् २०१८ मा चीनले राष्ट्रपतिका लागि दुई कार्यकालको व्यवस्था खारेज गरेको थियो । जसले सीलाई आजीवन शक्तिमा रहने बाटो खोलिदिएको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया