आइतबार, जेठ ५, २०८२

कंगोमा डुंगा दुर्घटना, ४० जना बेपत्ता

नेपालखोज २०७८ कार्तिक २६ गते १३:२२
फाइल तस्बिर


किन्शासा । कंगोमा डुंगा दुर्घटना हुँदा कम्तीमा ४० जना बेपत्ता भएका छन् । देशको किभु प्रान्तमा बिहिबार बिहान डुंगा दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

घटनास्थलबाट ५७ जनालाई जिवितै उद्धार गरिएको छ भने आठ जनाको शव निकालिएको छ । दुर्घटनामा परेको डुंगामा १२० जना यात्रु रहेका थिए । हराएकाहरुको खोजी कार्य भइरहेको पनि अधिकारीहरुले जनाएका छन् । रासस\सिन्ह्वा

प्रतिक्रिया