म्यानमारमा अमेरिकी पत्रकारलाई ११ वर्षे जेल सजाय
नेपालखोज
२०७८ कार्तिक २६ गते १४:०३

काठमाडौं । अध्यागमन कानून उल्लंघन गरेको र सेनाविरुद्ध गैरकानूनी कार्यमा सहभागी भएको ठहर गर्दै म्यानमारमा एक अमेरिकी पत्रकारलाई ११ वर्षको जेल सजाय सुनाइएको छ ।
पत्रकार डेनी फेन्स्टरलाई यही हप्तामात्रै आतंकवादी गतिविधिमा संलग्न भएको आरोप समेत लगाइएको थियो ।
उक्त मुद्दाको सुनुवाई भएको छैन । ती आरोप पुष्टि भए डेनीलाई जन्मकैद हुन सक्छ ।
फ्रन्टियर म्यानमार नाम गरेको अनलाइन समाचार पोर्टलको कार्यकारी सम्पादक रहेका फेन्स्टरलाई मे महिनामा यानगुन विमानस्थलबाट पक्राउ गरिएको थियो ।
डेनीलाई कू पछि प्रतिबन्धित ुम्यानमार नाउुमा काम गरेकै आधारमा पक्राउ गरिएको फ्रन्टियरले जनाएको छ ।
सेनाले सत्ता हातमा लिँदै कू गरे पछि म्यानमारमा विदेशी पत्रकारहरु सैन्य सरकारको निशानामा परिरहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया