टर्कीमा कोरोनाको संक्रमण बढ्दै

अंकारा । टर्कीमा कोरोना भाइरसको संक्रमण झन् बढेको छ । पछिल्ला केही दिनमा यहाँ संक्रमण बढेको अधिकारीहरुले जनाएका छन् ।अधिकारीहरुका अनुसार यहाँ पछिल्लो समयमा मृत्यु दर पनि बढेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा यहाँ २४ हजार ८९८ जनामा यो संक्रमण देखिएको छ ।
त्यसैगरी यहाँ गएको २४ घन्टामा मृत्यु हुनेको संख्या पनि १९७ पुगेको छ । केही समयपछि यहाँ मृत्यु हुनेको संख्यामा पनि दिन प्रतिदिन वृद्धि हुँदै गएको बताइएको छ । यहाँका अधिकारीहरुले टर्कीमा अहिलेसम्म यो संक्रमणबाट ७२ हजारभन्दा बढीको ज्यान गएको बताएका छन् । टर्कीमा अहिलेसम्ममा ८३ लाखभन्दा बढी व्यक्तिमा यो संक्रमण पुगेको छ ।
पछिल्ला केही हप्तामा युरोपमा यो संक्रमण बढ्दै गएको देखिएको छ । अहिले यहाँ संक्रमणकाे दर झन् बढेको अधिकारीहरुले जनाएका छन् ।विश्व स्वास्थ्य संगठनले पनि युरोप कोरोना भाइरसको पछिल्लो केन्द्र बन्दै गएको भन्दै सतर्कता अपनाउनका लागि सबैमा अपिल पनि गरेको थियो । रासस\सिन्ह्वा
प्रतिक्रिया