मंगलबार, वैशाख १६, २०८२

१०औं वर्षमा मेरो माईक्रो फाइनान्स

नेपालखोज २०७८ कार्तिक २६ गते १६:०८


काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड दशाैं वर्षमा प्रवेश गरेको छ । स्थापनाको नवौं वर्ष पूरा गरी दशाैं वर्षमा प्रवेश गरेको अवसरमा संस्थाले शुक्रबार एक अनौपचारीक कार्यक्रम गरी स्थापना दिवश मनाएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले छोटो समयमा मेरो माइफोफाइनान्सले नेपालको लघुवित्त क्षेत्रमा छुट्टै किसिमको ब्रान्ड बनाएको बताए ।

देशका गणनीय ७ वटा वाणिज्य बैंक र १ विकास बैंकबाट संयुक्त रुपमा प्रवद्र्धन गरी नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहने गरी २०६९ साल कात्तिक २६ गते राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापनसंस्थाले ग्राहक सुहाउँदो विभिन्न किसिमका बचत तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

संस्थाले कर्जातर्फ बिना धितो, सामूहिक जमानी कर्जा र धितो कर्जा अन्तर्गत विभिन्न किसिमका कर्जा सेवाहरुका साथै बिमा र रेमिटान्स सेवा प्रवाह गर्दै आइरहेको छ ।

संस्थाले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी प्रविधिमैत्री लघुवित्त सेवा प्रदान गर्दै लैजाने क्रममा मोबाइल बैंकिङ, एसएमएस बैकिङ लगायतका सेवा प्रदान गरिरहेको छ ।

संस्था सञ्चालनको पहिलो वर्षमा १५ शाखा कार्यालयमार्फत १४ हजारभन्दा बढी घरपरिवारहरुमा वित्तीय सेवा पु¥याएको संस्थाले नवौंैं वर्षमा आइपुग्दा देशको ६४ जिल्लामा १४९ शाखा सञ्जालमार्फत १ लाख ५० हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पुर्‍याउन सफल रहेको छ ।

त्यसैगरी हालसम्म रु. २ अर्ब ७० करोड बराबर निक्षेप संकलन गरी १५ अर्ब ३० करोड रूपैयाँभन्दा बढी कर्जा लगानी गर्न सफल रहेको देखिन्छ ।

संस्थाले यसरी आफ्नो कारोबार वृद्धि गर्दै जाँदा पर्न सक्ने जोखिम व्यवस्थापनलाई कुशलतापूर्वक व्यवस्थापन गरेको र संस्थाले सांगठनिक संरचना, विभिन्न ८ वटा विभाग र १३ वटा अनुगमन स्टेशनमार्फत कार्यक्रमको प्रभावकारिता मापन गरी अग्रणी लघुवित्त सेवा प्रदायक संस्थाको रुपमा आफूलाई स्थापित गर्न सफल रहेको जानकारहरु बताउँछन् ।

संस्थाले अवलम्बन गरेको कार्यशैली एवं रणनीति, कुशल नेतृत्व, सन्तुष्ट कर्मचारी संगठनले नै संस्थाको छवि कायम राख्न सफल रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत दाहालले बताए ।

प्रतिक्रिया