मंगलबार, वैशाख १६, २०८२

माछापुच्छ्रे बैंकले १३ दशमलव ३० प्रतिशत लाभांश दिने

नेपालखोज २०७८ कार्तिक २७ गते १३:४९

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले पोखराको होटेल पोखरा ग्राण्डमा शुक्रबार वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सो अवसरमा बैंकको आर्थिक वर्ष २०७७/०७८ को वार्षिकको संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आसार मसान्तको वासलाततथा सोहि मितिमा समाप्तभएको आर्थिक वर्ष २०७७/०७८ को नाफा नोक्सान बाडँफाडँ, इक्विटीमा भएको परिवर्तनको विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण विवरणहरु पारित भएको छ ।

उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०७७–०७८को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार सेयरधनीहरुलाई हालको चुक्ता पुँजीको १४ प्रतिशत लाभांश (शून्य दशमलव सात प्रतिशत नगद र १३ दशमलव ३० प्रतिशत बोनस लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै,संचालक समितिमा रिक्त रहेको संचालकपदमा संचालक समितिले बाँकी कार्यकालसम्मको लागि नियुक्त गरेको संचालकहरुको नियुक्ती अनुमोदन गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा एक अर्ब ६० करोड ७८ लाख रुपैंया खुद नाफा गरेर प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा कायम गरेको थियो ।बैंकको चुक्ता पुँजी नौ अर्ब पाँच करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ७० करोड रुपैंया संचित छ ।

स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले एक सय ६२ वटा शाखाहरु लगायत एक सय ५४ शाखा रहित बैकिङ सेवासमेत गरी जम्मा तीन सय १६ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ सुविधा प्रदान गर्नुका साथै, बैंकको देशभर दुई सयवटा एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया