सोल्टी होटल जाँदै चिनियाँ राष्ट्रपति सी
नेपालखोज
२०७६ असोज २५ गते १८:१५
२५ असोज २०७६, काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोल्टी होटल प्रस्थान गरेका छन् ।
उनले आजै समकक्षी विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटवार्ता गर्ने छन् । चिनियाँ राष्ट्रपति सीले शनिबार नै अन्य राजनीतिक भेटवार्ता पनि गर्ने छन्। राष्ट्रपति सीले शनिबारै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
उनी आजै सोल्टी होटलमा आयोजना हुने रात्रिभोजमा समेत सहभागि हुने छन् । राष्ट्रपति सीको नेपाल भ्रमणको आजको कार्यतालिका सोल्टी होटलको रात्रिभोजसँगै सकिने छ भने आईतबार पुन भ्रमणका अन्य कार्यक्रमले निरन्तरता पाउने छन् । राष्ट्रपति सीले करिब १९ घण्टा नेपालमा विताउने छन् ।
सम्बन्धित
प्रतिक्रिया