बुधबार, जेठ १, २०८२

दिल्लीमा लकडाउन गर्न सर्वोच्च अदालतको सुझाव

नेपालखोज २०७८ कार्तिक २८ गते ८:००

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा प्रदूषणको मात्रा न्यूनीकरण गर्न दुई दिन लकडाउन गर्न सुझाव दिएको छ ।

प्रधानन्यायाधीश एन भी रमण, न्यायाधीशहरू डी वाई चन्द्रचुडा र सूर्यकान्तको इजलासले यस्तो सुझाव दिएका हुन् ।

हावाको गुणस्तर मापक सूचकांकलाई कम्तीमा दुई सयमा झार्नु पर्ने र त्यसको लागि दुई दिने लकडाउन एउटा उपाय हुन सक्ने भनिएको समाचार संस्था एएनआईले जनाएको छ ।

सरकारी वायु गुणस्तर मापन अधिकारीहरूले त्यहाँ प्रदूषण कणको ३५ प्रतिशत जलाइएका परालहरूका कारण भएको र त्यो बढ्दै जाने अनुमान गरेका छन् ।

प्रतिक्रिया