इक्वेडरको जेलमा झडप, ६८ जनाको मृत्यु
नेपालखोज
२०७८ कार्तिक २८ गते ८:३७

काठमाडौं । इक्वेडरको एउटा जेलमा भएको झडपमा कम्तिमा ६८ जना मारिएका छन् । गुयाछिल शहरमा रहेको जेलमा झडप हुँदा कैदीहरुको मृत्यु भएको हो ।
झडपपछि स्थितिलाई नियन्त्रणमा लिन सयौंको संख्यामा सेना परिचालन गरिएको छ । झडपपछि जेलभित्र प्रवेश गरेको प्रहरीले विष्फोटक पदार्थ र बन्दुह भारी मात्रामा फेला पारेको छ ।
यो वर्षभित्र नै इक्वेडरका जेलमा भएको झडपमा २ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।
जेलको एउटा ब्लकमा बस्दै आएका कैदीहरु घिस्रेर अर्को ब्लकमा छिरेर विरोधी समूहका कैदीमाथि आक्रमण गरेको प्रारम्भिक छानविनबाट पत्ता लागेको छ ।
कतिपय कैदीहरु टाउको छिनालिएको अवस्थामा फेला परेको सुरक्षाकर्मीहरुले बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया