मंगलबार, वैशाख १६, २०८२

निफ्राको खुद मुनाफा १९ करोड ६ लाख, किन घट्यो नाफा ?

नेपालखोज २०७८ कार्तिक २८ गते १२:२७


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को खुद मुनाफा घटेको छ । बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा १९ करोड ६ लाख ७७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने बैंकको यस्तो नाफा २८ करोड ३५ लाख ८३ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी २० अर्ब रुपैयाँ रहेको बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २९ करोड ८१ लाख ६३ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ९२ करोड ५० लाख ७९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकले ४१ करोड ३४ लाख १३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले २५ करोड २० हजार रुपैयाँ निक्षेप संकलन गरी नौ करोड आठ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा बैकले २८ करोड ३५ लाख ८३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

प्रतिक्रिया