शुक्रबार, जेठ ३, २०८२

भारतीय सेना प्रमुख इजरायलको भ्रमणमा

नेपालखोज २०७८ कार्तिक २८ गते १४:२४

नयाँ दिल्ली । भारतका सेना प्रमुख एमएम नाराभाने आइतबार (आज) इजरायल प्रस्थान गरेका छन् । दुई देशका बीचमा सहकार्य र सम्बन्ध थप बढाउने नै भ्रमणको मुख्य उद्धेश्य रहेको भारतीय सेनाले जनाएको छ । भारतका विदेश मन्त्री एस जयशंकर र रक्षा सचिव अजय कुमारले इजरायलले भ्रमण गरेको एक हप्तापछि सेना प्रमुखले भ्रमण गरेका हुन् ।

रणनीतिक हिसाबले महत्व राख्ने दुई देशका सेनाको सम्वन्ध विस्तारका लागि सुरु भएको उनको पाँच दिने भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । रासस\एएनआई

प्रतिक्रिया