युरोपेली मुलुकहरूमा बढ्यो कोरोना, धमाधम लकडाउन गरिँदै
नेपालखोज
२०७८ कार्तिक २९ गते ७:५१

काठमाडौं । कोरोना संक्रमण बढेसँगै युरोपेली मुलुकमा पुनः लकडाउन गर्न सुरु गरिएको छ ।
विश्व स्वास्थ्य संगठनले युरोप कोरोना संक्रमणको केन्द्र बन्ने चेतावनी दिएको दुई साता नवित्दै युरोपेली मुलुकहरू धमाधम लकडाउनमा जान थालेका हुन् ।
नेदरल्याण्डले देशब्यापी लकडाउन घोषणा गरेको भोलिपल्ट अष्ट्रियाले पनि लकडाउन घोषणा गरेको छ । तर, यस पटकको लकडाउनको प्रकृति भने फरक देखिएको छ ।
नेदरल्याण्डले शैक्षिक क्षेत्र, रेष्टुराँ, होटलसहित बढी भीडभाड हुने क्षेत्रमा लकडाउन गरेको छ भने अष्ट्रियाले खोप नलगाएका मानिसहरुलाई लकडाउनमा राखेको छ ।
अष्ट्रियाले खोप नलगाएका मानिसहरुलाई खानेकुरा किनमेलका लागि भन्दा अन्य काममा घरबाट बाहिर निस्कनबाट रोक लगाएको छ । अष्ट्रियामा अहिले पनि ३५ प्रतिशत जनसंख्याले खोप लगाएको छैन ।
सम्बन्धित
प्रतिक्रिया