मंगलबार, वैशाख १६, २०८२

बैंक तथा वित्तीय संस्थाले ब्याजदर मासिक परिवर्तन गर्न सक्ने

नेपालखोज २०७८ कार्तिक २९ गते ११:३३


काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा दिने व्याजदर मासिकरुपमा परिवर्तन गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैकले आइतबार वाणिज्य बैंक, विकास बैक र फाइनान्स कम्पनी समेतको नाउँमा परिपत्र जारी गर्दे उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

उक्त निर्देशन अनुसार आगामी महिनाको लागि निक्षेपमा लागु हुने ब्याजदरसम्बन्धी सूचना नेपाली महिना सुरु हुनु पूर्व प्रकाशित गरिसक्नुपर्ने इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औसत तथा न्यूनतम ब्याजदर (कुल निक्षेपबाहेक) को औसतमा बढीमा दश प्रतिशतले मात्र परिवर्तन गरी ब्याजदर निर्धारण गर्न सक्नेछन् ।

यसरी ब्याजदर निर्धारण गर्दा कायम हुने अधिकतम र न्यूनतम ब्याजदरबीचको अन्तर बुँदा ५ को व्यवस्थाको सीमाभन्दा बढी हुन गएमा अधिकतम वा न्युनतममध्ये एक दर सोही कायम गरी अन्य दरहरु समायोजन गर्नुपर्ने छ ।

उदाहरणको लागि यदि अघिल्लो महिना ‘क’ वर्गका सबै बैंकले प्रकाशन गरेका अधिकतम ब्याजदरको औसत आठ दशमलव पाँच प्रतिशत भएमा सोमा १० प्रतिशतले वृद्धि गरी कायम हुने नौ दशमलव ३५ प्रतिशतसम्म मात्र ‘क’ वर्गका बैंकले अधिकतम ब्याजदर निर्धारण गर्न सक्नेछन्, परिपत्रमा भनिएको छ ।

यसैगगरी बोलकवोलको आधारमा संकलन हुने मुद्दती निक्षेपको हकमा प्रकाशित ब्याजदरमा नबढ्ने गरी निक्षेप संकलन गर्नु पर्नेछ । तर, आफुसंगै रहेको निक्षेपलाई पुनःबोलकबोल गरी नवीकरण गर्नु परेमा प्रकाशित ब्याजदरमा शुन्य दशमलव एक प्रतिशत विन्दुसम्म थप गरी निक्षेप संकलन गर्न सकिनेछ ।

प्रतिक्रिया