भारतमा सक्रिय संक्रमितको संख्या एक लाख ३४ हजारमा झर्यो

नयाँदिल्ली । भारतमा कोरोना सक्रिय संक्रमितको संख्या कम देखिएको छ ।सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार भारतमा अहिले सन् २०२० को मार्चपछिकै सबैभन्दा थोरै सक्रिय संकमित रहेका छन् । उनीहरुका अनुसार भारतमा अहिले संकमित अवस्थामै रहेकाको कुल संख्या एक लाख ३४ हजार ९६ रहेकाे छन् ।
कुल संक्रमितमध्ये अहिले एक प्रतिशतभन्दा कम मात्रै सक्रिय संक्रमित रहेका छन्, यो संख्या पछिल्ला ५२३ दिन अर्थात १७ महिना पछिकै सबैभन्दा कम हो, केन्द्रीय स्वास्थ्य मन्त्रालयको वक्तव्यमा उल्लेख छ । त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा १० हजार २२९ जना नयाँ संकमित थपिएको पनि मन्त्रालयले जनाएको छ । यसैसँगै भारतमा कुल संकमितको संख्या तीन करोड ४४ लाख ४७ हजार ५३६ पुगेको सो मन्त्रालयले दिएको पछिल्लो जानकारीमा बताइएको छ ।
गत २४ घण्टामा कोरोनाभाइरस संकमणको कारण थप १२५ जनाको मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएबाट हालसम्म यसको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ६३ हजार ६५५ रहेको बताइएको छ ।
भारतमा गत २४ घण्टामा ११ हजार ९२६ जना कोरोनाबाट मुक्त भएका यसैसँगै भारतमा कोरोना भाइरस सुरु भएयता हालसम्म कोरोना मुक्त भएकाको संख्या तीन करोड ३८ लाख ४९ कजार ७८५ रहेको छ । रासस\सिन्हवा
प्रतिक्रिया