बुधबार, जेठ १, २०८२

पुस्तकमा बढाइएको करको विरोध पुस्तक पढेर नै !

नेपालखोज २०७६ माघ २७ गते १८:०९

काठमाडौँ । सामान्यतया नेपालमा प्रदर्शन, विरोध भन्ने वित्तिकै नारा, जुलुस, चक्का जाम, ढुङ्गा मुढा हानाहान आदि भैरहेका दृश्यहरु दिमाखमा आउने गर्छन् । तर, आज (सोमबार) दिउँसो काठमाडौँको माईतिघर मण्डलामा एक जमात जम्मा भएको थियो र उनिहरु खुरुखुरु पुस्तक पढिरहेका थिए । झट्ट हेर्दा पढ्न बसिरहेको देखिने यो जमातले पढाई त गरिरहेको थियो नै पढाईको यो तरिका पछाडी बैद्धिकताले भरिएको एक कलात्मक विरोध शैली झल्किइ रहेको थियो ।

सरकारले विदेशबाट आयात गरिने पुस्तकमा अतिरिक्त कर लगाएको विरोधमा सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन भयो । हो यसै करको विरोधमा पुस्तकप्रेमीहरुले माइतीघर मण्डलामा पुस्तक पढे । चालु आर्थिक वर्षको बजेटमा सरकारले विदेशबाट आयात हुने पुृस्तकमा अतिरिक्त १० प्रतिशत शुल्क लगाउने घोषणा गरेको थियो । सरकारको यस घोषणाको विवादले अहिले उचाई लिइरहेको छ । केही दिन यता यो करको विरोधलाई पुस्तकप्रेमीहरुले बढाउँदै लगेका छन् ।
यस क्रममा उनिहरुले पुस्तकलाई करमुक्त बनाउन माग गर्दै हस्ताक्षर संकलन पनि गरिरहेका छन् । यही कर विवादका कारण अहिले विदेशबाट आयात हुने पुस्तक भन्सारमा रोकिरहेको बताइएको छ ।

प्रतिक्रिया