भारतीय प्रधानमन्त्री मोदीद्वारा नयाँ कृषि कानुन लागु नगर्ने घोषणा
नेपालखोज
२०७८ मंसिर ३ गते १०:३८

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै कृषिको सम्बन्धमा महत्वपूर्ण निर्णय गरिएको बताएका छन् । आज९ शुक्रबार० विहान राष्ट्रका नाममा सम्बोधन गर्दै उनले तीनवटा कृषि कानुन फिर्ता लिने घोषणा गरेका हुन् ् । भारतमा तीनवटा कृषि कानुन विवादित हुँदै आएका थिए ।
उनले सम्बोधनमा भनेका छन् , ‘आज म पूरै देशलाई यो बताउन आएको छु कि हामीले तीनैवटा कृषि कानुन फिर्ता लिने निर्णय गरेका छौं ।’आफूहरुले देशका साना किसानलाई फाइदा पुग्ने गरि कानुन ल्याएको भएपनि केही किसानलाई आफूहरुले सम्झाउन नसकेको उनले गुनासो गरेका छन् ।
कृषि कानुनको एक पक्षले विरोध गरेपनि आफ्ना लागि महत्वपूर्ण भएको मोदीले प्रष्ट पारेका छन् । भारतमा लामो समयदेखि कृषि कानुनको बिरोधमा किसानहरुले आन्दोलन छेड्दै आएका थिए ।
सम्बन्धित
प्रतिक्रिया