सोमबार, असार २३, २०८२

केहीबेरमै मन्त्रिपरिषद बैठक बस्दै, ठाकुर ज्ञवाली नै बन्लान् त आईजीपी ?

नेपालखोज २०७६ माघ २८ गते १६:२०

काठमाडौँ । गृह मन्त्रालयले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउन प्रस्ताव तयार गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृह सचिव महेश्वर न्यौपानेको छलफलपछि ज्ञवालीलाई आईजीपी बनाउने प्रस्ताव लैजाने निर्णय भएको स्रोतले जनाएको छ । बालुवाटारमा केहीबेरपछि मन्त्रिपरिषद बैठक सुरु हुँदैछ । यस बैठकमा गृहमन्त्रीले ठाकुरलाई प्रस्ताव गर्ने तयारी भएको छ ।

यसअघि सोमबार बसेको मन्त्रिपरिषद बैठकले आईजीपीबारे निर्णय गरेको थिएन । मन्त्रिपरिषद बैठक सकिए पश्चात प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री थापा र मुख्य सचिव लोकदर्शन रेग्मीसँग छुट्टै बसेर आईजीपी नियुक्तिबारे छलफल गरेका थिए । स्रोतका अनुसार त्यससमय प्रमओलीले ज्ञवालीकै नाम प्रस्ताव गरेका थिए । यसरी प्रधानमन्त्रीले आफ्नो रुची अनुकुलका व्यक्तिलाई सिफारिस गरेपछि गृह मन्त्रीले यसमा सहमति जनाएको बुझिएको छ ।

हालका आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण अवकाश पाउँदैछन् । यही ब्याचको वैकल्पिक टोलीमा डीआईजी हुन्, ज्ञवाली । उनीसँगै तारिणीप्रसाद लम्साल पनि प्रहरीको नेतृत्व गर्ने दौडमा थिए ।

प्रतिक्रिया