बिहीबार, जेठ २, २०८२

अघिल्लो साताकाे तुलनामा याे साता अमेरिकामा कोरोना संक्रमण १८ प्रतिशतले बढ्यो

नेपालखोज २०७८ मंसिर ७ गते ११:५१

वासिङटन । संयुक्त राज्य अमेरिकामा अघिल्लो साताकाे तुलनामा यो साता कम्तीमा पनि १८ प्रतिशतले कोरोना भाइरसको संक्रमण बढेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँ अघिल्लो साताका तुलनामा यो साता बढेका संक्रमितको संख्या १८ प्रतिशत पुगेको हो ।

यहाँको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन, सीडीसीले जनाएअनुसार यहाँ हरेक दिन कम्तीमा पनि ९० हजार जना संक्रमित हुने गरेका छन् । सो सेन्टरद्वारा उल्लेख गरिएअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट यहाँका ९२ हजार ८०० जना संक्रमित भएका छन् ।

उनीहरुक अनुसार यहाँ अहिले पनि दैनिक कम्तीमा पनि ९० हजार जनामा यो भाइरसको संक्रमण भेटिने गरेकोे छ । अघिल्ला सात दिनभन्दा यो साता यहाँ ९० हजारको हाराहारीमा यी संक्रमित भेटिएका छन् । तर सोमबार भने यसमा वृद्धि भएको हो ।

त्यसैगरी सो सेन्टरको तथ्यांकअनुसार यहाँ हरेक दिन अस्पताल भर्ना हुनेको संख्या पनि बढ्दै गएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार यहाँ प्रत्येक दिन कम्तीमा पनि ६ प्रतिशतका दरले अस्पताल भर्ना हुने नागरिकको संख्या बढिरहेको छ ।

पछिल्ला दिनहरुमा यसरी संक्रमित तथा मृत्यु हुनेको संख्या नै बढ्दै गएको देखिएको हो । यहाँ कोभिडविरुद्धको खोप लगाउने संख्या भने धेरै छ ।

उक्त सेन्टरका अनुसार यो खोप नलगाउने व्यक्तिलाई लगाउनेलाई भन्दा संक्रमण सर्ने ६ गुणा बढी डर हुन्छ । त्यसैगरी खोप नलगाउने व्यक्तिको मृत्यु दर पनि लगाउनेको भन्दा कम्तीमा पनि १४ गुणा बढी मृत्युको सम्भावना रहन्छ । रासस/सिन्ह्वा

प्रतिक्रिया