मंगलबार, असार १७, २०८२

जर्मनीद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

नेपालखोज २०७८ मंसिर ७ गते १६:०६

काठमाडौं । जर्मनी सरकारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच नेपालका लागि जर्मनीका राजदुत डा. थोमस प्रीन्जले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

जसमा यसअघि प्राप्त स्वास्थ्य सामग्री बाहेक १७ थान भेन्टीलेटर, १० लाख थान के ९५ सर्जिकल माक्स, २ करोड २६ लाख थान माक्सलगायतका सामग्री रहेका छन् । कार्यक्रममा स्वास्थ्यमन्त्री खतिवडाले कोभिडसँग जुध्न जर्मनी सरकारले गरेको सहयोगका लागि धन्यवाद तथा आभार प्रकट गरेका छन् ।

प्रतिक्रिया