अफगानिस्तानको कुश क्षेत्रमा भूकम्प !
नेपालखोज
२०७८ मंसिर ११ गते ९:५४

काबुल । अफगानिस्तानको भूकम्प विज्ञान राष्ट्रिय केन्द्रका अनुसार अफगानिस्तानको हिन्द कुश क्षेत्रमा ४.३ रेक्टर स्केलको भूकम्प गएको छ । समाचार तयार गरुन्जेल यो भूकम्पबाट जिउधनको क्षतिको विवरण आइसकेको छैन ।
यसअघि ७ अक्टोबरमा राजधानी काबुलमा भूकम्पको झटका महसुस गरिएको थियो । काबुलको उत्तर-पूर्व इलाकालाई केन्द्र बनाएर गएको उक्त भूकम्प ४.२ रेक्टरको थियो ।
गएको १७ अगस्तमा पनि अफगानिस्तानमा ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो । ती भूकम्पबाट धनमालको नोक्सानी भने भएन ।
सम्बन्धित
प्रतिक्रिया