शुक्रबार, असार २०, २०८२

अमेरिकालाई चीनले भन्यो – ताइवानसँगको सबै आधिकारिक अन्तरक्रिया रोक

नेपालखोज २०७८ मंसिर ११ गते १५:२१

काठमाडौं । अमेरिकालाई चीनले ताइवानसँगको सबै आधिकारिक अन्तरक्रिया रोक्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ताले शुक्रबार संयुक्त राज्य अमेरिकालाई एक चीन सिद्धान्त र तीन चीन-अमेरिका संयुक्त विज्ञप्तिलाई दृढतापूर्वक पालना गर्न र ताइवानसँग सबै प्रकारका आधिकारिक अन्तरक्रियाहरू तुरुन्तै बन्द गर्न आग्रह गरेका हुन् ।

केही अमेरिकी सांसदहरूको ताइवान भ्रमणले एक चीन सिद्धान्त र तीन चीन-अमेरिका संयुक्त विज्ञप्तिको प्रावधानको गम्भीर उल्लंघन गरेको उनको ठहर छ।

चीनको पुनर्मिलन इतिहासको एक अटुट प्रवृति भएको उल्लेख गर्दै झाओले केही अमेरिकी राजनीतिज्ञ र ताइवानका अधिकारीहरूले देखाएको अनाडी प्रदर्शन चीनको पुनर्मिलन प्रक्रियाबाट प्रभावित हुने र विश्वका १८० देशले प्रतिवद्ध रहेको अटूट परिदृश्यलाई कहिल्यै परिवर्तन गर्न नसक्ने टिप्पणी गरे ।

प्रतिक्रिया