मंगलबार, वैशाख १८, २०८१

पत्नीको जन्मदिनमा २२० करोड खर्च !

नेपालखोज २०७८ मंसिर १२ गते ८:४९

काठमाडौं । विश्वमा कोही मानिस भोकभोकै बस्नुपर्ने अवस्था छ । कतिपयलाई पेट भर्न धेरै परिश्रम गर्नुपरेको छ । कतिपयले शारीरिक अवस्था कमजोर भएर माग्नु पर्नेछ । नेपालमा पनि केहीको न घर नै छ, न गरी खाने खेत नै । सडकमा जिन्दगी बिताउनु परेका धेरै उदाहरण छन् । हाम्रो छिमेकी देश भारतको पनि अवस्था पनि उही हो । यहाँ धेरै गरिब पनि छन्, धेरै धनी पनि छन् ।

विश्वका केही सीमित मानिससँग यति धन छ कि, त्यो सर्वसाधारण तथा मध्यमवर्गका मानिसका लागि पत्याउनै नसकिनेछ । छिमेकी देश भारतका केही व्यक्तिमा विश्वका अधिकांश मानिस छक्क पर्ने सम्पत्ति छ । धेरै सम्पत्ति भई विश्वमा नाम कमाएका व्यक्ति हुन् मुकेश अम्बानी । उनको घर मुम्बई, कोलकोता, दिल्लीलगायत ठाउँमा छ । यस्तै बेलायतलगायत विभिन्न देशमा पनि उनको घर तथा व्यवसाय छ ।

उनले १९८५ मा मा नीता अम्बानीसँग विवाह गरेका थिए । अहिले उनीहरूका दुई छोरा आकाश-अनन्त र एक छोरी ईशा छन् । फोर्ब्सका अनुसार, अम्बानी १०२.१ बिलियन अमेरिकी डलरको कुल सम्पत्तिका साथ एसियाका सबैभन्दा धनी व्यक्ति हुन् । १४ अक्टोबर २०२१ सम्म उनी विश्वको १०औं धनी व्यक्ति हुन् ।

उनी सन् २०२१ मा विश्वका अर्बपतिको लिस्टमा पर्न सफल व्यक्ति हुन् । उनीसँग अत्याधुनिक सुविधायुक्त १६८ लक्जरी कार छन् । एन्टेलिया डिर्पाटमेन्टमा खाली लक्जरी कारको पार्कका लागि ६ वटा तला बनाइएका छन् ।

अर्कातिर मुकेशको घर विश्वका धेरै धनी मानिसका घरहरूमध्ये महँगो घरमा पनि पर्छ । घरको मूल्य १४ हजार करोड रुपैयाँभन्दा धेरै छ । २७ वटा भवनमध्ये ६ वटा तला भएको घर कार पार्कका लागि मात्रै बनाइएको छ ।

अम्बानीको घर कम्पाउन्ड परिसरमा मन्दिर, स्विमिङ पुल, जिम हल, सिनेमा घर र हेलिप्याड पनि छ । अम्बानीको घरमा आजभोलि चारजनाको परिवार छ । यी चारजनाको सेरोफेरोमा ६ सय बढीले काम गर्छन् ।

No description available.

२७ वटा आलिसान भवनका साथै उनका भारतका विभिन्न ठाउँमा घरहरू छन् । सबै घरको मूल्य करोडौंमा छ । अम्बानीले भारतको जामनगरमा विश्वको सबैभन्दा ठूलो ग्रासरुट पेट्रोलियम रिफाइनरीको निर्माण गरेका छन् ।

यस्तै अम्बानीका साथ तीनवटा ठूला अत्याधुनिक किसिमका निजी जेट छन् । जसको प्रतिगोटा मूल्य २३० करोड भारतीय रुपैयाँ छ । यसका अलावा अम्बानीका साथ बोइङ बिजनेस जेट पनि छ । जसको मूल्य पाँच सय ३५ करोड रुपैयाँ छ । यस्तै उनीसँग फ्याकन नामको जेट पनि छ । जसको मूल्य पनि करोडौं पर्छ ।

मुकेशको परिवारमा पार्टी र विवाह पनि धुमधामले भएको रेकर्ड छ । उनकी छोरीको विवाह विश्वमै सबैभन्दा महँगो विवाह मानिन्छ । उनकी छोरीले विवाहमा लगाएको लुगा मात्रै ९० करोड रुपैयाँको थियो । उनको छोरीको एउटा निमन्त्रण पत्र मात्रै पाँच लाख रुपैयाँको थियो ।

विवाहका साथै अम्बानीको जन्मदिन पार्टीको खर्च कति भयो भन्ने पनि बाहिरिएको छ । उनले पत्नी नीता अम्बानीको जन्मदिनको एउटा पार्टीमा मात्रै २२० करोड खर्च गरेका थिए ।

No description available.

मुकेश पत्नी नीता भारतीय परोपकारवादी हुन् । नीता अहिले रिलायन्स फाउन्डेसन, धीरुभाइ अम्बानी इन्टरनेसनल स्कुलकी अध्यक्ष तथा संस्थापक र रिलायन्स इन्डस्ट्रिजकी निर्देशक पनि हुन् । नीताले तत्कालीन रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा प्रबन्ध निर्देशक मुकेश अम्बानीसँग विवाह गरेकी थिइन् ।

२२० करोड रुपैयाँ खर्च गरेर मनाइएको नीताको जन्मदिनको अवसरमा विभिन्न देशका प्रसिद्ध व्यक्तिहरूको उपस्थिति थियो । आफ्ना पाहुनालाई नीताको जन्मदिनमा जोधपुरमा बोलाउन मुकेशले ३२ वटा चाटर्ड प्लेन बुक गरेका थिए । जन्मदिनको पार्टीमा सजाउने महँगा सामन लन्डनबाट मगाइएको थियो ।

घरमा कसैको विवाह, जन्म दिन वा कुनै महत्त्वपूर्ण धार्मिक कार्यक्रम गर्दा मुकेशले भारतीय सबै प्रख्यात कलाकारलाई बोलाउने गर्छन् । उनी विभिन्न पार्टी आयोजना हुँदा धेरै रकम खर्च गर्ने गर्छन् ।

यस्तै मुकेसको घरमा प्रयोग हुने प्रविधिका साधनहरू पनि धेरै नै महँगा छन् । नीता अम्बानीले बोकेको मोबाइल मात्रै साढे तीन सय करोडको छ । यस्तै विभिन्न कस्मेटिक आइटम पनि करोडौं मूल्यका छन् । यस्तै नीताको चिया पिउने कपको मूल्य डेढ करोड रुपैयाँको भएको इमोसन बक्स सञ्चारमाध्यमले उल्लेख गरेको छ । यस्तै आफ्नो सुरक्षा अवस्था चुस्तराख्न उनले हरेक वर्ष १२ करोड रुपैयाँ खर्च गर्छन् ।

-भारतीय विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया