मंगलबार, वैशाख १८, २०८१

ओमिक्रोनका कारण लगाइएको यात्रा प्रतिबन्ध हटाउन दक्षिण अफ्रिकी राष्ट्रपतिकाे आग्रह

नेपालखोज २०७८ मंसिर १३ गते ८:२३

काठमाडाैं । दक्षिण अफ्रिकी राष्ट्रपतिले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण आफ्नो देश र छिमेकीहरू विरुद्ध याात्रा प्रतिबन्ध लगाउने कदमको आलोचना गरेका छन् ।

सिरिल रामापोसाले यात्रा प्रतिबन्धको कदमलाई अनुचित भन्दै तत्काल हटाउन आह्वान गरेका छन् र यसका कारण आफू ‘गहिरो रूपमा निराश’ भएको पनि बताएका छन् ।

दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाउनेमा अमेरिका, युके, युरोपेली संघलगायत अन्य देशहरू रहेका छन् । ओमिक्रोनलाई ‘चिन्ताजनक भेरियन्ट’ भनिएको छ। प्रारम्भिक प्रमाणहरूले उक्त भेरियन्टमा संक्रमणको जोखिम उच्च रहेको बताइएको छ ।

अति उत्परिवर्तित यो भेरिअन्ट यो महिनाको सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको थियो र त्यसबारे गत बुधबार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई जानकारी गराइएको थियो । बीबीसी

प्रतिक्रिया