मंगलबार, वैशाख १८, २०८१

पाकिस्तानको पंजाबमा ६ जना आतंककारी पक्राउ

नेपालखोज २०७८ मंसिर १३ गते २१:२७

काठमाडाैं । पाकिस्तानको पूर्वी पंजाब प्रान्तमा छुट्टाछुट्टै गुप्तचरमा आधारित कारबाहीमा छ जना आतंककारीलाई पक्राउ गरिएको प्रहरीको काउन्टर टेररिज्म डिपार्टमेन्ट (CTD) ले सोमबार जनाएको छ ।

पंजाबमको सीटीडीले स्थानीय सञ्चार माध्यमले बताएअनुसार ती आतंकवादीहरूलाई गुप्तचर सूचनाका आधारमा सुरू गरिएको अपरेसनको स्ट्रिङमा पक्राउ गरिएको थियो ।

आतंककारीहरूले प्रदेशमा आतंककारी गतिविधि गर्ने योजना बनाएको जनाकारीमा आएको छ । प्रहरीले समयमै गरेको कारबाहीले प्रदेशलाई सम्भावित आक्रमणबाट जोगाएको प्रहरीले जनाएको छ ।

प्रहरीले आतङ्ककारीहरूको कब्जाबाट ठूलो मात्रामा विष्फोटक पदार्थ, अत्याधुनिक हतियार, ह्यान्ड ग्रेनेड र अन्य संवेदनशील सामग्रीहरू पनि बरामद गरेको जनाइएको छ । रासस

प्रतिक्रिया