एमाले निर्वाचनमा २,०७९ मत खस्यो, केही बेरपछि गणना हुने
नेपालखोज
२०७८ मंसिर १४ गते ११:२८

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन स्थलमा नयाँ नेतृत्वका लागि मतदान कार्य सकिएको छ । आज (मंगलबार) बिहान ४ बजेदेखि सुरु भएको निर्वाचनमा २,०७९ नेता तथा कार्यकर्ताले मतदान गरेको जनाइएको छ ।
विद्युतीय भोटिङ मेसिनको प्रयोग भएकाले मतपरिणाम चाँडै सार्वजनिक हुने जनाइएको छ । एमालेको महाधिवेशनमा नयाँ नेतृत्व सर्वसम्मत हुन नसकेपछि मतदान भएको हो ।
सम्बन्धित
प्रतिक्रिया