मंगलबार, वैशाख १६, २०८२

एनएमबीलाई ‘बैंक अफ दी एसिया २०२१’ अवार्ड

नेपालखोज २०७८ मंसिर १५ गते २३:००

काठमाडौं । एनएमबी बैंकले ’बैंक अफ दी एसिया २०२१’ अवार्ड प्राप्त गरेको छ । बैंकका अनुसार नेपालबाट उक्त अवार्ड प्राप्त गर्ने एनएमबी बैंक पहिलो बैंक हो । ’द फाइनान्सियल टाइम्स’को ‘द बैंकर म्याकेजिन’ ले हरेक वर्ष प्रदान गर्ने यो अवार्ड एसियाकै उत्कृष्ट बैंकको रूपमा एनएमबी बैंकले पाउन लागेको हो ।

यसअघि नेपालको उत्कृष्ट बैंक बन्दै तीन पटक बैंकर ’अफ दी एयर अवार्ड’ प्राप्त गरेको बैंकले यस पटक ’बैंक अफ दी एसिया’ अवार्ड प्राप्त गरेको हो । एनएबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीका अनुसार एसियाका ४८ मुलुकको सर्वाेत्कृष्ट बैंक बन्नु सबैको जित हो ।

प्रतिक्रिया