मंगलबार, वैशाख १६, २०८२

राप्रपा महाधिवेशन : नेतृत्वको लागि चुनावी प्रक्रिया सुरु

नेपालखोज २०७८ मंसिर १६ गते ९:५१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा आकांक्षी नेताहरूले उम्मेद्वारी दर्ता गर्ने कार्य जारी छ । नेतृत्व चयनका लागि आज (बिहीबार) बिहानैदेखि चुनावी प्रक्रिया सुरु भएको हो ।

हिजोदेखि सुरु भएको राप्रपा महाधिवेशनमा पार्टी अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले प्रतिस्पर्धा गर्दै छन् ।महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना लगभग नभएको नेताहरूले जनाएका छन् । तर,सर्वसम्मतको प्रयास पनि भईरहेको जनाइएको छ ।

नेताहरूले विहान ९ देखि मध्याह्न १२ बजेसम्म उम्मेदवारी दर्ता गराउने छन् । उम्मेद्वारको प्रथम नामावली दिउँसो २ बजे सार्वजनिक हुने छ । उम्मेद्वारीमाथि दाबी विरोध र फिर्ताको समय दिउँसो २ बजेदेखि ४ बजेसम्म तोकिएको राप्रपाले जनाएको छ ।

साँझ ५ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुनेछ । भोलि (शुक्रबार) बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । राप्रपा महाधिवेशनमा देशभरिबाट लगभग ४५ सय प्रतिनिधि सहभागी भएका छन् ।

प्रतिक्रिया