अमेरिकी र रुसी राष्ट्रपतिबीच वार्ता हुने
नेपालखोज
२०७८ मंसिर १९ गते ११:५३

मस्को । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता हुने भएको छ । उनीहरुबीच आगामी मंगलबार भिडियो कन्फ्रेन्सिङमार्फत् वार्ता हुने भएको बताइएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै चिनियाँ समाचार समिति सिन्ह्वाले सो समाचार दिएको छ ।
प्रवक्ता पेस्कोभले रुसी समयानुसार मंगलबार साँझ दुई देशका राष्ट्रपतिकाबीचमा भिडियो वार्ता हुन लागेको हो । सो वार्ता कति लामो समयसम्म हुन्छ भनी सोधिएको एक प्रश्नमा प्रवक्ता पेस्कोभले उहाँहरुको चाहनाअनुसार हुने जवाफ दिएका छन् ।
सो वार्ताका क्रममा युक्रेनलगायतका विषयमा कुराकानी हुने पनि उहाँले जानकारी दिनुभएको सो समाचार समितिले जानकारी दिएको छ । रासस/सिन्ह्वा
सम्बन्धित
प्रतिक्रिया