आइतबार, जेठ ५, २०८२

भारतीय सुरक्षाबलको गोली लागेर १३ सर्वसाधारणको मृत्यु

नेपालखोज २०७८ मंसिर १९ गते १४:५७

दिल्ली । भारतीय सुरक्षाबलको गोली लागेर १३ सर्वसाधारणको मृत्यु भएको छ । सुरक्षाबलले उत्तरपूर्वी राज्य नागाल्याण्डमा एक ट्रकमा गोली चलाउँदा र आक्रमणको विरोध गर्न भेला भएका भीडलाई गोली हान्दा १३ जना सर्वसाधारणको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतको पूरा सोन जिल्लाको अवस्था अहिले निकै तनावपूर्ण रहेको र नागाल्याण्ड बाहिरका एक मजदुरसहित १३ जनाको मृत्यु भएको पुष्टि भएको घटनाका प्रहरी अधिकारी सन्दीप एम. तामगाडगेले बताएका छन् ।

तामगाडगेले ओटिङ गाउँमा आफ्नो घर फर्किने क्रममा सुरक्षाबलले गरेको हमलामा ६ जना मजदुरको मृत्यु भएको बताएका छन् । भारतीय सेनाले जारी गरेको एक विज्ञप्तिमा यस क्षेत्रमा सक्रिय विद्रोहीहरूलाई पछ्याउन विश्वसनीय गुप्तचरहरुले काम गरिरहेको बताएको छ । विज्ञप्तिमा घटनाका क्रममा सुरक्षाबलका एक सदस्यको मृत्यु भएको र अन्य केही घाइते भएका पनि थपिएको छ ।

प्रतिक्रिया