प्रजातन्त्रवादी नेतृ सुकीलाई ४ वर्षको जेल सजाय
नेपालखोज
२०७८ मंसिर २० गते १२:५७

नेपिडो । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई त्यहाँको एक अदालतले सोमबार ४ वर्षको जेल सजाय सुनाएको छ ।
समाचार संस्था एएफपीका अनुसार सरकारका प्रवक्ताले ७६ वर्षीया नोबेल शान्ति पुरस्कार विजेता सुकीलाई चार वर्ष जेल सजाय हुने जानकारी दिएका छन् । सुकीलाई सेनाविरूद्ध नागरिकलाई भड्काएको, कोभिड-१९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा दोषी ठहर गर्दै अदालत जेल सजाय सुनाएको हो ।
उनीमाथि सेनाले भ्रष्टाचार गरेको, गैरकानुनी रूपमा वाकीटकी राखेकोलगायत धेरै आरोप लगाएको छ । उनीमाथि लागेका सबै अभियोगमा अदालतले उनलाई दोषी ठहर्याए उनले आजीवन काराबासको सजाय पाउने देखिन्छ ।
सम्बन्धित
प्रतिक्रिया